भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १५ : ४१
भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्छ : शशाङ्क कोइराला

त्रिवेणी । नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद डा. शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन्।

नवलपुरको कावासोतीमा भएको नेपाल पे्रस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भने, “मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुप¥यो भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।”

सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए। “जसले पत्रकारिता बुझेको छ, समाचार स्रपे्रषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।” नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए।

प्रतिक्रिया दिनुहोस