प्रधानमन्त्री प्रचण्डले संसदमा दिएको जवाफप्रति एमालेको आपत्ति

सफल खबर संवाददाता

शुक्रबार, ०५ जेठ २०८०, १५ : २८
प्रधानमन्त्री प्रचण्डले संसदमा दिएको जवाफप्रति एमालेको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद रामचन्द्र राईले आपत्ति जनाएका हुन् ।  

 

सांसद राईले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार (हिजो) प्रतिनिधिसभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्री दाहालले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।प्रधानमन्त्री प्रचण्डले महालेखा परीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई यहाँ प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै यसले मुलुकको सुशासनमा टेवा नपुर्याउने उनको भनाई थियो । 

 

सांसद राईले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए ।  सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे ।  

प्रतिक्रिया दिनुहोस