काठमाडौं । सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भोलि (शुक्रबार) अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको दुवै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिने जानकारी गराए ।सांसदहरूलाई ३ः४५ बजे नै आफ्नो आसन ग्रहण गर्न निर्देशन दिए । उनले सांसदलाई निर्धारण गरिएको औपचारिक पोसाक अनिवार्य गरिएको जानकारी पनि गराए ।
प्रतिनिधिसभा नियमावली २४२ मा उल्लेख भएअनुसार यसअघि नै कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले औपचारिक पोशाक तोकेका थिए ।प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल