काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एकदिनका लागि निलम्बन गरिएको छ । सो उपनियममा प्रधानमन्त्रीलाई एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न पाउने व्यवस्था रहेकोले विशेष परिस्थिका कारण आजको एउटा बैठकका लागि मात्रै प्रतिनिधि सभाले सो नियम निलम्बन गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ निलम्बनको प्रस्ताव गरेका थिए । एमालेका सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले सो नियम निलम्बनको समर्थन गरेका थिए ।
सो नियम निलम्बनको प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेपछि प्रधामन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ । साना दल तथा स्वतन्त्र सांसदहरुले समेत प्रश्न सोध्न पाउनुपर्ने माग गरेपछि प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि नियमावलीको नियम एकदिनका लागि सभाले निलम्बन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ जेठ २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहको विरोध
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग