संसद वैठक समयमा सुरु नभएको भन्दै सांसदहरुको असन्तुष्टि

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, १३ : १४
संसद वैठक समयमा सुरु नभएको भन्दै सांसदहरुको असन्तुष्टि

काठमाडौं । आज (बिहीबार) बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची छ । निर्धारित भन्दा एक घण्टा ढिलो भइसक्दा पनि बैठक सुरु भएको छैन । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु नभएपछि सांसदले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ट्टवीट गरेका छन्, ‘पहिलो लहरमा बस्नु हुने सत्ता गठबन्धनका माननीयहरू अझैसम्म उपस्थित हुनु भएन, सदन ५० मिनेट ढिलो भइसक्यो ।’यसैबीच प्रधानमन्त्री दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल सुरु भएको बताइएको छ । आजको संसद्को कार्यसूचीमा आधारित भएर छलफल भइरहेको बताइएको छ । बैठकमा सांसद्हरुको प्रश्नको सामना गर्नुअघि प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस