पशुपति पुगेका अष्ट्रेलियाली मन्त्रीले भने - अष्ट्रेलियामा तीव्र फैलिइरहेको धर्म हिन्दू हो

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, ११ : ३०
पशुपति पुगेका अष्ट्रेलियाली मन्त्रीले भने - अष्ट्रेलियामा तीव्र फैलिइरहेको धर्म हिन्दू हो

काठमाडौं। अष्ट्रेलियाका सहायक विदेश मन्त्री तिमोथी ग्राम वाट्स नेपाल भ्रमणमा आएका छन् । उनी दुई दिने नेपाल भ्रमणका लागि मङ्गलवार काठमाडौँ आइपुगेका हुन्।त्यस्तै भ्रमणका क्रममा उनी विश्व सम्पदामा सूचीकरण भएको पशुपतिनाथ पुगेका छन् ।

उनले पशुपतिनाथ मन्दिर परिसरको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अष्ट्रेलियामा तीव्र फैलिइरहेको धर्म हिन्दू धर्म हो। आधुनिक अष्ट्रेलियाको विविधताले हामीलाई दक्षिण एसिया लगायत विश्वभर जोड्छ।’

प्रतिक्रिया दिनुहोस