शहिद स्मारक लिगमा आज तीन खेल हुँदै

सफल खबर संवाददाता

विहीबार, ०४ जेठ २०८०, ०८ : ०२
शहिद स्मारक लिगमा आज तीन खेल हुँदै

काठमाडौ । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुने भएका छन् ।  

दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।  

च्यासल मैदानमा दिउँसो ३ बजे मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक भिड्नेछन् ।  

यसैगरी, रंगशालामा दिउँसो ३ नै बजे फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । 

सोही रंगशालामा साँझ ६ बजे न्युरोड टिम र जावालाखेल युवा क्लब भिडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस