काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने बताएका छन्। प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै कसैसँग पूर्वाग्रह राखेर नभनेको बताए। पार्टीको पदाधिकारी बैठकमा थापा निलम्बन गर्न माग गर्दा सभापति शेरबहादुर देउवाले नमानेको अवस्थामा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीको एकजना नेता मुछिनुभएको छ। विधिको शासन भएपछि कानुनी प्रक्रिया सबैले पालना गर्नुपर्छ। अनुसन्धानबाट दोषी हुनुहुन्छ भने सजाय पाउनैपर्छ। यो राष्ट्रविरुद्धको द्रोहजस्तो अपराधमा अनुसन्धान गरेर जो जो मुछिनुहुन्छ सबैलाई कारबाही गर्नुपर्छ।’ उनले पार्टी भ्रष्ट नहुने आबद्ध व्यक्ति भ्रष्ट हुने भएकोले पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने बताए।कुनै पदमा बसेको मान्छे प्रहरी, अदालत निजामती कर्मचारी कहिँपनि छ भने अभियोग लागेपछि स्वतः निलम्बन हुने भएकाले पार्टीले पनि निलम्बन गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा