काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिस्पर्धा भइरहेको बताएका छन् ।काठमाडौंमा बुधबार मदन-आश्रित स्मृति दिवसमा उनले अहिले नेपाल भ्रष्टाचारमा डुबेको बताउँदै यसमा कुनै विचार र सिद्धान्तले काम नगरेको बताएका हुन् ।
‘नेपाल भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, के कम्युनिष्ट, के कांग्रेस, भ्रष्टाचार गर्ने कुरामा लगभग प्रतिस्पर्धा भइरहेको छ,’ अध्यक्ष नेपालले भने ।उनले सरकारमा रहेकाहरुमा कसरी पैसा कमाउने र कसरी जनतालाई लुट्ने भन्ने प्रवृत्ति हाबी रहेको भन्दै नेपाली राजनीतिलाई जोगाउन चुनौती भएको बताए ।
अर्को फरक प्रसंगमा अध्यक्ष नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको आरोप लगाउँदै यस्ता अलोकतान्त्रिक चरित्रहरु हटाउन एमाले-कार्यकर्ताहरुलाई सुझाव दिए ।अध्यक्ष नेपालले एमालेभित्र नीतिभन्दा नेता प्रधान र व्यक्तिवाद हाबी भएको र जबजबाट विचलित भएको आरोपसमेत लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश