एजेन्सी । अमेरिकाको न्युमेक्सिकोमा एक किशोरले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ ।
न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर १८ बर्षिय किशोरले अन्धाधुन्दा गोली प्रहार गरेका हुन । घटनामा तीन प्रहरीसहित थुप्रै घाइते भएको जनाइएको छ । १८ बर्षिय किशोर मात्रै भनिएका आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएका छन् ।
चर्च बाहिरको वस्तीमा एक किशोरले स्वचालित हतियारबाट मनपरी गोली प्रहार गर्दै दौडिएपछि स्थानीयहरुमा कोलाहल मच्चिएको थियो । प्रहरीले मारिनेहरुको परिचय खुलाएको छैन भने घाइतेहरुको विवरण पनि दिएको छैन । घाइते भएका तीन जना प्रहरीको स्थानीय अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था स्थिर रहेको फार्मिङ्टन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ जेठ २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत