एजेन्सी । अमेरिकाको न्युमेक्सिकोमा एक किशोरले अन्धाधुन्द गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ ।
न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर १८ बर्षिय किशोरले अन्धाधुन्दा गोली प्रहार गरेका हुन । घटनामा तीन प्रहरीसहित थुप्रै घाइते भएको जनाइएको छ । १८ बर्षिय किशोर मात्रै भनिएका आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएका छन् ।
चर्च बाहिरको वस्तीमा एक किशोरले स्वचालित हतियारबाट मनपरी गोली प्रहार गर्दै दौडिएपछि स्थानीयहरुमा कोलाहल मच्चिएको थियो । प्रहरीले मारिनेहरुको परिचय खुलाएको छैन भने घाइतेहरुको विवरण पनि दिएको छैन । घाइते भएका तीन जना प्रहरीको स्थानीय अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था स्थिर रहेको फार्मिङ्टन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ जेठ २०८०, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह
अमेरिका र युक्रेनबीच मियामीमा वार्ता हुने
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
अमेरिकाद्वारा कोलम्बियाका राष्ट्रपति पेट्रोमाथि प्रतिबन्ध
अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स