काठमाडौ । हाल देशभर ११२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
वैशाखको सुरुवातमा कोरोना संक्रमित वृद्धि भएपनि पछिल्लो समय फेरि संक्रमण दर घट्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
देशभर १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
सोही अवधिमा २२ जना संक्रमण मुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ जेठ २०८०, ०८ : ५५
लेखकबाट थप