काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय १८ दशमलब ३१ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १६.९६ अंकले घटेर एक हजार ८ सय २१ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।
नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आइबार नेप्सेमा ९० करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
आज कारोबार भएका ९६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ८.३४ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार सगरमाथा लुम्बिनी इन्स्यारेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज तीन करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार