नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ७२ करोडमा झर्यो

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १५ : १२
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ७२ करोडमा झर्यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय १८ दशमलब ३१ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से १६.९६ अंकले घटेर एक हजार ८ सय २१ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आइबार नेप्सेमा ९० करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

आज कारोबार भएका ९६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ८.३४ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सगरमाथा लुम्बिनी इन्स्यारेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज तीन करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस