काठमाडौं । नेपाल सरकारले ट्रेजरी बिल मार्फत ६ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १ जेठ सोमबार कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
जसमध्ये १८ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने तथा ६ अर्बको ट्रेजरी बिल मार्फत थप आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न लागिएको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।
यस्तै २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको, १८२ दिन अवधिको ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको र ३६४ दिन अवधिको १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बलि नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने