विराटनगर । मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिकाका प्रकाश सरदार, धनपाल गाउँपालिकाका दिपेश कुमार सरदार, विजय सहनी, जितेन कुमार राय र विराटनगर महानगरपालिकाका रोहित चौधरी रहेका छन् ।
विभिन्न मिति र समयमा को ३० प ७६९२, को २५ प १३२६ र को ३७ प १३२३ नम्बरको मोटरसाइकल चोरीमा संम्लग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु उपर मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ७ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तीन वर्षपछि श्रीमतीको हत्यामा श्रीमान् पक्राउ
जुवातास खेलिरहेका ११ जना पक्राउ
करिब १ सय २० किलो गाँजासहित दुई जना पक्राउ