ढाका। केही बेरमा आउने ‘मोखा आँधी’का कारण बंगलादेशको जनजीवन अस्तब्यस्त भएको छ । सो आँधी नजिकिएसँगै बंगलादेशको दक्षिणी टापु सेन्ट मार्टिनमा करिब ८ हजार मानिस आतंकित जीवन गुजार्न बिबश भएका छन् । देशको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँको सञ्चालन रोकिएको छ भने डुङ्गा आवतजावत र माछा मार्ने गतिविधि पनि ठप्प पारिएको छ । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ ।
सो राक्षसी आँधीवाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।बंगलादेशमा सन २००७ पछि सबै भन्दा शक्तिशाली आँधीबेहोरीको रुपमा मोखालाई लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला