ढाका। केही बेरमा आउने ‘मोखा आँधी’का कारण बंगलादेशको जनजीवन अस्तब्यस्त भएको छ । सो आँधी नजिकिएसँगै बंगलादेशको दक्षिणी टापु सेन्ट मार्टिनमा करिब ८ हजार मानिस आतंकित जीवन गुजार्न बिबश भएका छन् । देशको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँको सञ्चालन रोकिएको छ भने डुङ्गा आवतजावत र माछा मार्ने गतिविधि पनि ठप्प पारिएको छ । हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ ।
सो राक्षसी आँधीवाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।बंगलादेशमा सन २००७ पछि सबै भन्दा शक्तिशाली आँधीबेहोरीको रुपमा मोखालाई लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा