नेपालले टी-२० विश्वकपको एसिया छनोट आयोजना गर्ने

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १६ : २६
नेपालले टी-२० विश्वकपको एसिया छनोट आयोजना गर्ने

काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । २०२४ को टी-२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

२० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् । एसिया क्षेत्रको छनोट आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

‘आईसीसीले क्यानलाई इमेल गर्दै टी-२० विश्वकप एसिया छनोटको जिम्मा दिएको छ र यसमा सहभागी हुने अन्य टिमलाई पनि जानकारी गराएको छ’, चन्दले भने, ‘टी२० विश्वकपको एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म हुने जानकारी गराएको छ ।’

प्रतिक्रिया दिनुहोस