यांगुन । मध्य म्यानमारको एउटा सहरमा शनिबार ५८ वर्षयताकै सबैभन्दा धेरै वर्षा (एकैदिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ ।मध्य म्यानमारको मण्डले क्षेत्रको न्याउङ–उ सहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ । शनिबार त्यहाँ १६१ मिमि वर्षा रेकर्ड गरिएको छ ।
चक्रवात ‘मोखा’का कारण अहिले उक्त देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको पनि मौसम विज्ञान विभागले जनाएको छ ।
बंगलादेश–म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोखाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमारको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर)सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ बैशाख २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश