पासाङ दावा शेर्पा २६ पटक सगरमाथा चढ्ने दोस्रो व्यक्ति बनेको विदेशी सञ्चारमाध्यममा चर्चा

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १४ : ०८
पासाङ दावा शेर्पा २६ पटक सगरमाथा चढ्ने दोस्रो व्यक्ति बनेको विदेशी सञ्चारमाध्यममा चर्चा

काठमाडौं।शेर्पा गाइडका रूपमा रहेको पासाङ दावा शेर्पा सगरमाथाको २६औं पटक सफल आरोहण गर्ने दोस्रो व्यक्ति बनेको भनी विदेशी सञ्चारमाध्यमहरूमा खबर आएको छ । रोयटर्स समाचार संस्थाले दिएको खबरलाई संसारका विभिन्न सञ्चारमाध्यमहरूले क्यारी गरेका हुन् । ४६ वर्षीय शेर्पाले कामी रिता शेर्पाको कीर्तिमानको बराबरी गरेको पर्यटन अधिकृत विज्ञान कोइरालाले जानकारी दिएका छन् । 

कामी रिता पनि अहिले सगरमाथा चढिरहेका छन् । उनी शिखर पुग्न सफल भएमा अर्को कीर्तिमान कायम हुनेछ । हंगेरीका एक आरोहीसँग पासाङ सगरमाथाको टुप्पोमा पुगेको उनीआबद्ध कम्पनी इमाजिन नेपाल ट्रेक्सले जानकारी दिएको छ । ‘उनीहरू अहिले ओर्लिरहेका छन् र स्वास्थ्य अवस्था राम्रो छ,’ दावा फुटी शेर्पाले रोयटर्स समाचार संस्थालाई बताएका छन् । 

प्रतिक्रिया दिनुहोस