एजेन्सी । पाकिस्तानमा जारी व्यापक विरोध र आन्दोलनकाबीच बन्द गरिएको इन्टरनेट सेवा फेरि सञ्चालनमा आएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मोबाइल डाटा सेवा पुनःस्थापित भएपनि मुख्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा भने प्रतिबन्धित नै रहेको हाे। पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक विरोध प्रदर्शन चर्किएको थियो ।
त्यसपछि पाकिस्तान सरकारले मे ९ मा ट्वीटर, फेसबुक र युट्युबमाथि प्रतिबन्धसहित इन्टरनेट सेवामा रोक लगाएको थियो। चौतर्फी दवाव बढेसँगै ४ दिनपछि पाकिस्तानको गृह मन्त्रालयले पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)लाई प्रतिबन्ध हटाउन आदेश दिएको थियो ।
मन्त्रालयले नियामकलाई यी सामाजिक सञ्जाल प्लेटफर्महरुको पहुँच खुला नगर्न निर्देशन दिएका कारण प्रतिबन्धित नै रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ बैशाख २०८०, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत