ढाका । अकल्पनिय ‘मोखा’ आँधीको चेतावनीसँगै ५ लाख बंगलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातले बिवंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोखाको सम्भावित बिध्वसवाट बचाउनका लागि बंगलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको ट । जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ ।
प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने आँधीको ‘मोखा’ नामको आँधीले बंगलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आंकलन गरी सो शिविरहरु निमार्ण गरिएको हो । सो आँधी आइतवार साँझ कक्स बजारको जमिनलाई तहस नहस गरेर अघि बढने मौसमबिद्धहरुले अनुमान गरेका छन् । सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिबिरमा बसोबास गरिरहेका छन ।
हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीवाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ।यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।बंगलादेशले दुई दशक पछि आईरहेको सबै भन्दा शक्तिशाली आँधीको रुपमा मोखालाई लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा लोकतान्त्रिक सरकार: प्रधानमन्त्री रहमानको शपथ आज
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
शेख हसिना भारत भागेपछि बंगलादेशमा आज पहिलोपटक मतदान हुँदै
बंगलादेश भोलि आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्रमा हिंसाको जोखिम
बंगलादेशमा फेरि हिन्दु व्यक्तिमाथि सांघातिक हमला