कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, ०७ : ०८
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । आगामी २४ घण्टामा तीनवटा प्रदेशमा वर्षाको सम्भावना आकलन गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अहिल बिहान हल्का वर्षा भइरहेको छ। आज राति कोशी प्रदेशमा पनि वर्षाको सम्भावना छ।

पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक चक्रवातको प्रभाव भने नेपालमा नपर्ने देखिएको विभागले जनाएको छ। उक्त चक्रवात हाल बंगलादेश र म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेको छ।

अहिले बिहान पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा छ। गण्डकी र कर्णाली प्रदेशका १-२ स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदली रही हिमाल र तराईमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

आज राति पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस