शरणार्थी प्रकरणमा सरकारले खुट्टा कमाउनु हुँदैन : डा. गोविन्द केसी

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १४ : ५५
शरणार्थी प्रकरणमा सरकारले खुट्टा कमाउनु हुँदैन : डा. गोविन्द केसी

काठमाडौं।वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताएका छन् । काठमाडौंको नक्सालमा शनिवार नागरिक अगुवाहरूले आयोजना गरेको भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध वृहत् आन्दोलनमा बोल्दै डा केसीले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने बताएका हुन् । 

 

सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने उनको भनाइ छ । ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पप्क्ष हुनुपर्छ,' उनले भने, 'शीर्ष नेता पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊभन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ ।’

प्रतिक्रिया दिनुहोस