लापसे गरी सवारी चलाउने सात जना चालक नियन्त्रणमा

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, १० : ४१
लापसे गरी सवारी चलाउने सात जना चालक नियन्त्रणमा

भक्तपुर ।  भक्तपुरको जगातिमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ७ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउनेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेद बहादुर राउत, बा १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा, ना १ ज ५४८३ नम्बरको ट्याक्सीका चालक ओखलढुङ्गाका २० वर्षीय पारस खड्का, बागमती प्रदेश-०२-००६ प २१२६ नम्बरको मोटरसाइकलका चालक सिन्धुपाल्चोकका १९ वर्षीय सुमन काफ्ले रहेका छन् ।

 

त्यसैगरी  बा ९९ प ७०९९ नम्बरको मोटरसाइकलका चालक काभ्रेका २१ वर्षीय राज कुमार भन्ने सुदिप खड्का, प्रदेश १-०१-०१३ प ४०५० नम्बरको मोटरसाइकलका चालक सुनसरीका २४ वर्षीय शिशिर तामाङ र बा ७६ प ५६९५ नम्बरको स्कुटरका चालक भक्तपुरका २९ वर्षीय सन्तोष खड्कालाई पनि नियन्त्रणमा लिइएको छ ।  नियन्त्रणमा लिएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातिमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातिको संयुक्त टोलीले हिजो ‍ २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ७ जना भने ‍लागूपदार्थ सेवन गरी  सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।  

प्रतिक्रिया दिनुहोस