काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफ भइरहेको छ ।
बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए । पार्टीका भ्रातृ संस्थाको विस्तार, पार्टीका केन्द्रीय विभाग गठन लगायतका विषयमा पनि छलफल भइरहेको छ । यस्तै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मन्त्री छान्नेबारे पनि बैठकको एजेण्डा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक आज पनि बस्ने
गृहमन्त्रीमाथि संसदीय छानबिनबारे निर्णय गर्न कांग्रेस बैठक बस्ने
कांग्रेस बैठक निरन्तर : सोमबार फेरि बस्ने
यस्तो छ महामन्त्री गगन थापाले पेश गरेको प्रस्ताव (पूर्णपाठ)
कांग्रेस बैठकमा खाणमाथि निलम्बनबारे छलफल, भोलि निर्णय लिने