आइजिपीलाई गृहमन्त्रीको निर्देशन– भ्रष्टाचारमा संलग्न जो–सुकैलाई पक्राउ गर्नू

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, १२ : ५६
आइजिपीलाई गृहमन्त्रीको निर्देशन– भ्रष्टाचारमा संलग्न जो–सुकैलाई पक्राउ गर्नू

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएको जोसुकैलाई अनुसन्धानको दायरमा ल्याउन प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।

उनले अनुसन्धानमा खुट्टा नकमाई काम गर्न र मुछिएका सबैलाई पक्राउ गर्न आइजिपी बसन्त कुँबरलाई टेलिफोनमार्फत् निर्देशन दिएका हुन्। आइजीपी कुँबर र नारायणकाजीबीच कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ गर्नुअघि कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

प्रहरीले उच्च राजनीतिक व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरेको छ। यो प्रकरणमा आरजु देउवा,मञ्जु खाण देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसम्मको नाम मुछिएको छ।

प्रतिक्रिया दिनुहोस