काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि राप्रपाका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् ।
नाराबाजीका क्रममा सांसदहरुले हामीले पनि कपडा खोल्नुपर्ने अवस्था आएको हो भन्दै सभामुखलाई प्रश्न गरे । राप्रपाका सांसद दीपकबहादुर सिंहले भने, ‘अब के हामीले पनि लुगा खोल्नुपर्ने भयो सभामुख महोदय रु यो हो तरिका रु हामीले हाम्रो कुरा राख्न नपाउने ?’
यसअघि सोमबार बोल्ने समय नपाएपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लुगा खोलेर विरोध जनाएका थिए । राप्रपाका सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लगि प्रतिनिधिसभा बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग