थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १५ : ५४
थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९०२ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

मन्त्रालयका अनुसार सोमबार २६ जना संक्रमित निको भएका छन् । हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  यसैबीच अस्पतालमा रहेका संक्रमितमध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस