काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) बारेको छलफल सकिएको छ ।गत आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)मा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्तावमाथि अन्तिम दिन मंगलबारसम्म राष्ट्रिय सभामा छलफल भएको छ । छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाबारे अर्थमन्त्री डा. महतले जवाफ दिएका छन् ।छलफलमा व्यक्त विचार र सुझावलाई एकीकृत गरी संघीय संसद सचिवालयमार्फत् अर्थमन्त्रालयमा पठाइने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभाको अर्काे बैठक आगामी ३ जेठ बुधबार साँझ ६ः३१ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै