फ्रेन्च लिगको शिर्षस्थानमा रहेको पिएसजीले निकाल्यो सहज जीत

एजेन्सी

सोमबार, २५ बैशाख २०८०, ०७ : ४५
फ्रेन्च लिगको शिर्षस्थानमा रहेको पिएसजीले निकाल्यो सहज जीत

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जीत हासिल गरेको छ । 

घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै लिगको शिर्षस्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

ट्रोएसको खेल मैदानमा आइतबार राति भएको खेलको ८ औं मिनेटमा केलियन एमबाप्पेले सुरुवाती गोल गरेर पिएसजीलाई १–० को अग्रता दिलाएका थिए ।

त्यसपछि दुवै टोलीवाट गोलका लागि अनवरत प्रयास गरे पनि कुनै गोल हुन सकेनन, अन्ततः पहिलो हाफ १–० मा टुंगियो । 

उता, दोस्रो हाफको ५९औं मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारिदिए तर ८३औं मिनेटमा जेभियर चाभालेरिनले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए ।

अन्तिम समयमा रोमाञ्चक बन्न पुगेको खेलको ८६ औं मिनेटमा पछि फावियन रुइजले गोल गर्दै पिएसजीलाई ३–१ को स्थीतिमा अघि बढाए । अन्ततः खेल ३–१ मा टुंगिन पुग्यो ।

यस जितसँगै शीर्षस्थानको पिएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ भने पराजित ट्रोएस समान ३४ खेलबाट २२ अंक जोडेर १९औं स्थानमा सिमित छ ।

प्रतिक्रिया दिनुहोस