राजस्थानमाथि गुजरातको सहज जित

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, ०७ : ४०
राजस्थानमाथि गुजरातको सहज जित

एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपिएल) मा शीर्ष स्थानको गुजरात टाइटन्सले राजस्थान रोयल्समाथि ९ विकेटको सहज जित हासिल गरेको छ।

शुक्रबार भएको खेलमा राजस्थानले दिएको १ सय १८ रनको लक्ष्य गुजरातले १ विकेट गुमाएर ३७ बल बाँकी हुँदै पूरा गरेको थियो।

जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान १७.५ ओभरमा अलआउट हुँदै १ सय १८ रनमानै समेटियो। उसका लागि कप्तान सञ्जु सामसनले ३० रन बनाउनु सर्वाधिक रह्यो ।

उनीबाहेक ट्रेन्ट बोल्टले १५ रन बनाउँदा देवदत पाडिकलले १२ तथा यशस्वी जैशवालले १४ रन बनाए। राजस्थानलाई सस्तैमा समेटेको गुजरातका लागि रसिद खानले ३ विकेट लिंदा नुर अहमेदले २ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सामी, हार्दिक पाण्ड्या र जो लिट्टेले समान १-१ विकेट लिएका थिए।

१ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातको जितमा ऋद्दिमान साह र कप्तान हार्दीक पाण्ड्याले अविजित इनिङ खेलेका थिए। साह ४१ रनमा नटआउट रहँदा पाण्ड्या ३९ रनमा अविजित रहे।

त्यस्तै शुभमन गिल ३६ रनमा आउट भए। जितसँगै गुजरातले दोस्रो स्थानको लखनउसँग ३ अङ्कको अङ्क दुरी बनाएको छ। गुजरातले १४ अङ्क बनाउँदा राजस्थान भने १० अङ्कक रहेको छ।

प्रतिक्रिया दिनुहोस