स्पेनिस ला लिगा: रियललाई पराजित गर्दै एटलेटिको दोस्रो स्थानमा उक्लियो

एजेन्सी

विहीबार, २१ बैशाख २०८०, ०७ : ५९
स्पेनिस ला लिगा: रियललाई पराजित गर्दै एटलेटिको दोस्रो स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगाको दोस्रो स्थानमा एट्लेटिको मड्रिडले जीत हासिल गरेको छ ।

सिभिटास मेट्रोपोलिटानोमा भएको खेलमा रियल म्याड्रिडलाई पराजित गर्दै एट्लेटिकोले दोस्रो स्थानमासमेत उक्लन सफल भएको हो । 

एटलेटिकोले घरेलु मैदानमा म्याड्रिडलाई ५–१ को बिशाल अन्तरले पराजय गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । 

बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै ग्रिजम्यानले गोलवाट एटलेटिकोले सुरुवाती अग्रता लिएको थियो, उनैले ग्रिजम्यानले २७औं मिनेटमा ग्रिजमनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोलवाट एट्लेटिकोले पहिलो हाफमा नै आफनो अग्रता दोब्बर पार्न सफल भयो । 

दोस्रो हाफको सुरुवाती अर्थात ४९औं मिनेटमा अल्भारो मोराटाले थप गोल गरेपछि एट्लेटिको अन्तर बढाउँदै खेलको स्थीति ३–० मा पुरयाउन सफल भयो । र, ५७औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गोल गरेपछि म्याड्रिड भने गोलरहित अवस्थमा रहदैँ ४–० ले पछि पर्न गयो । 

तर, ७२औं मिनेटमा म्याड्रिडका एन्थोनी लोजानोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काउन सफल भए । तर, त्यसको एक मिनेटपछि नै मोलिनाले गोल गर्दै एट्लेटिकोलाई ५–१ को स्थीतिमा अगाडी बढाए ।

त्यसपछि दुवैतर्फवाट गोल हुन सकेन र खेल ५–१ को बिशाल अन्तरले एटलेटिकोले जीत हासिल गर्न सफल भयो । यस जितसँगै एट्लेटिकोले ३३ खेलबाट ६९ अंक बटुल्न सफल भएको छ भने समान खेलबाटै रियलको ६८ अंक छ ।

प्रतिक्रिया दिनुहोस