काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उ्डयनमन्त्री सुदन किराँतीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका छन् ।त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागद्वारा बुधबार बिहान आयोजित कार्यक्रममा मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डले बुद्वमार्गी नीति लिनुपर्ने बताएका हुन् ।उनले देशका जल्दोबल्दो समस्या सम्हाल्न प्रचण्डको अग्रसरताको खाँचो औंल्याएका छन् ।
अर्थतन्त्रमा देखिएको संकट, शान्ति प्रक्रियाको टुंगोलगायतका विषयमा प्रधानमन्त्रीको पहलकदमी आवश्यक रहेको उनको भनाई थियो ।किराँतीले भने, ‘देशमा देखिएका आर्थिक संकट, जनताको खबरदारी, शान्ति प्रक्रियाका तार्किक निष्कर्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय नजर, सबैलाई हेरेर मध्यमार्गी भएर जानुको विकल्प छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती
‘समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ’: सुदन किराती
समयअनुसार पार्टी रूपान्तरणको अभियान थालौँ : किराती
जीएसआईबारे के भएको हो प्रधानमन्त्रीले जवाफ दिनुपर्यो: सुदन किराती
विप्लव र सुदन किरातीबिच भेटवार्ता
प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त प्रतिवाद गरौँ : सुदन किराती