दार्चुलाको ब्याँसमा हिमपहिरो, कम्तीमा ८ जना पुरिएको आशंका

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, १६ : ५३
दार्चुलाको ब्याँसमा हिमपहिरो, कम्तीमा ८ जना पुरिएको आशंका

व्यास । दार्चुलामा मंगलबार हिमपहिरो गएको छ । मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा ८ जना मानिस पुरिएको आशंका गरिएको छ ।

यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेला माथिबाट हिमपहिरो खसेको बताइएको छ । हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस