राजनीति विकृत हुँदै भ्रष्टाचारमा डुबेको छ : माधवकुमार नेपाल

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १४ : २७
राजनीति विकृत हुँदै भ्रष्टाचारमा डुबेको छ : माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति विकृत हुँदै भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । सोमबार काठमाडौँमा एकीकृत ट्रेड युनियनको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिमा अनेकौँ फोहोर जम्दा विकृत बनेको बताएका हुन् ।

‘राजनीतिमा अनेकौँ फोहोर मैला जमेका छन् । त्यसलाई सफा गर्न चाहन्छौ । राजनीति कताकता मानिसहरूका निम्ति अत्यन्तै घृणाको विषय बनेको छ’, अध्यक्ष नेपालले भने, ‘किनभने यो विकृत भएको छ । भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

अध्यक्ष नेपालले भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष तथा श्रमजीवी सर्वहाराको पक्षमा आफ्नो पार्टी उभिन चाहेको भन्दै ट्रेड युनियनका कार्यकर्तालाई पनि त्यस दिशामा केन्द्रित गर्न निर्देशन दिए ।   

प्रतिक्रिया दिनुहोस