काठमाडौं । लगातार परिरहेको वर्षाका कारण वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । आइतबार अस्पतालको पुरानो भवनको पर्खाल मक्किएर भत्किँदा ४ जना घाइते हुन पुगेका हुन् ।
घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किएर खसेको ईंट्टाले हिँड्दै गरेकाहरुलाई लागेको थियो । घाइते भएकाहरुको अवस्था सामान्य रहेको बुझिएको छ ।
घाइते हुनेहरुमा तीन महिला र एक पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पताल सुधारका लागि कार्यदल गठन
वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार