पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लामा हुने अभिनन्दन कार्यक्रममा सहभागी हुँदै

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, ११ : ४४
पूर्व राजा ज्ञानेन्द्र शाह जुम्लामा हुने अभिनन्दन कार्यक्रममा सहभागी हुँदै

सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ ।

पूर्व राजा शाह अहिले नेपालगन्जमै रहेका छन् । उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ । प्रारम्भिक जानकारीअनुसार पूर्व राजा शाहले करिब १ घण्टा जति चन्दनाथ र भैरवनाथको पूजाआजा गर्ने कार्यक्रम रहेको छ भने त्यस लगत्तै १ घण्टा नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुने छन् । 

अभिनन्दन कार्यक्रमलाई सम्बोधनपछि पूर्व राजा शाह नेपालगन्ज फर्कने कार्यक्रम रहेको छ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पूर्व राजा जुम्लामा साढे २ घण्टा जति रहने बताए । ‘कार्यक्रमको तयारी भव्य रूपमा भएको छ, नागरिकहरूको उपस्थिति हुने क्रम जारी छ भने केही समयपछि पूर्व राजा जहाजबाट आउनुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस