काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कूल १२३८ जनामध्ये पीसीआर विधिबाट २०५ र एन्टीजेन विधिबाट १०३३ जनामा कोरोना परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि हुँदा १ जनाको निधन भएको हो ।
पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । शनिबार ३५ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । हाल २७ जना संस्थागत आइसोलेसनमा, ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै