सभापति देउवाको विदेश भ्रमण स्थगित

रासस

आइतबार, ०६ साउन २०७५, १६ : ५५
सभापति देउवाको विदेश भ्रमण स्थगित

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गर्नुभएको छ । मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उहाँले विदेश भ्रमण स्थगन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण आज अपराह्न विदेश प्रस्थान गर्ने भ्रमण स्थगन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस