काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । गसाता १९०४ अंकको बिन्दुमा आएर रोकिएको नेप्से परिसूचक १४ अंकको गिरावटसँगै १८८९ अंकको बिन्दुमा रोकिएको छ । यो ०.७७ प्रतिशतको गिरावट हो ।
साताका ५ कारोबार दिनमध्ये परिसूचक ३ दिन ओरालो लागेको थियो । साताका २ दिन अर्थात सोमबार र मंगलबारबाहेक अन्य दिन परिसूचक घटेको थियो । यससँगै, १४ अंकको गिरावट आएको हो । साताको पहिलो दिन आइतबार १८ अंकले घटेको नेप्से परिसूचक सोमबार २ र मंगलबार १७ अंकले बढेको थियो ।
यसबाहेक, बुधबार १३ अंकले र विहीबार पुनः २ अंकले घटेर बन्द भएको थियो । यो साता नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ । सातामा सेन्सेटिभ र फ्लोट इण्डेक्स पनि घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार