कोरोना अपडेट : थप १०३ जनामा संक्रमण पुष्टि, ५३ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १६ : १०
कोरोना अपडेट : थप १०३ जनामा संक्रमण पुष्टि, ५३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कूल १९२५ जनामा नमुना परीक्षण गर्दा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कूल नमुना परीक्षणमध्य पीसीआर विधिबाट ६२७ र एन्टीजेन विधिबाट १२९८ जनामा कोरोना परीक्षण गरिएको थियो । शुक्रबार कुनै पनि संक्रमितको निधन नभएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार ५३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यस्तै, कोरोना सक्रिय संक्रमितको संख्या ३७५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस