बुटवल । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गरेका थिए । जसमा ५३ जनाको हस्ताक्षर छ ।
चौधरीको शपथ शुक्रबार बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य
सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी
एनपिल : ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिले ब्याटिङ गर्ने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य