राष्ट्रिय कविता महोत्वस हुँदै

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, ११ : ५०
राष्ट्रिय कविता महोत्वस हुँदै

काठमाडौँ।नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । आगामी असार ९ गते हुने महोत्सवका लागि प्रतिष्ठानले कविहरुसँग कविता माग गरेको छ । इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् ।

यसरी पठाउने कविता नेपालका सबै भाषा÷मातृभाषामा भएपनि स्वीकार्य हुने प्रतिष्ठानको भनाइ छ । प्राप्त कविताहरुमध्ये उत्कृष्ट १० कवितालाई बाचनका लागि भनोट गरिनेछ भने ती कविता प्रत्येकलाई १५ हजारसहित कदरपत्रले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस