काठमाडौं । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि बिहीबार नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले भएको छ ।
गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको हो। गत पुस २७ गते संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले यहि वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो ।
केन्द्रमा सत्ता समीकरण बदलिएका कारण नेकपा माओवादी केन्द्रसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दावी पेश गर्न समय सीमा दिएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
लुम्बिनीको वन मन्त्रालयका अधिकृतद्वारा मापसे गरेर चालकमाथि हातपात
प्रधानमन्त्री ओली सहभागी कार्यक्रम लुम्बिनीका मन्त्री र सांसदले गरे बहिष्कार
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्ने
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य