काठमाडौँ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्ति हुँदैछन् । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गरेका थिए । सोही अनुसार नेपाली कांग्रेससहितको गठबन्धनले आज नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न लागेका छन् ।
लुम्बिनीमा यसअघि मुख्यमन्त्री रहेका एमालेका लीला गिरीले सोमबार विश्वासको मत पाउन सकेनन् । विश्वासको मत गुमाएपछि उनी नेतृत्वको सरकार ढलेर नयाँ सरकारको बाटो खुलेको हो ।
यस्तै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पनि नयाँ सरकार गठनका लागि आहृवान गरिसकेका छन् । गण्डकीमा पनि नेपाली कांग्रेसले नै मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको जनाइएको छ ।
यसअघि एमालेकै मुख्यमन्त्री रहेका खगरजा अधिकारीले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको ढोका खुलेको हो । कांग्रेसले गण्डकीमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी थालेको छ ।
सुरुमा नेकपा एमालेसहितको देशव्यापी गठबन्धन बने पनि पछिल्लो समय केन्द्रमा कांग्रेस–माओवादी सहित १० दलीय गठबन्धन कायम रहेसँगै यसको असर प्रदेशसम्मै परेको हो । प्रदेशहरुमा पनि एमालेले सरकारको नेतृत्व गुमाउँदै गएको छ भने कांग्रेस माओवादीसहितका दल मिलेर नयाँ नयाँ सरकार गठन गर्ने सिलसिला जारी छ । यसैको निरन्तरा हो लुम्बिनी र गण्डकी प्रदेश सरकार ।
लुम्बिनी प्रदेशमा ८७ सांसद रहेकोमा एमालेका २९ ,नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमतका ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र १ सांसद छन् । पछिल्लो गठबन्धन अनुसार एमाले र राप्रपाबाहेकका दलहरु एक कित्तामा छन् ।
उता गण्डकी प्रदेशमा ६० सांसद रहेकोमा कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद १ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
लुम्बिनीलाई जितका लागि पोखराले दियो १५१ रनको लक्ष्य
सुदूरपश्चिमले टस जित्यो, पहिला ब्याटिङ गर्दै लुम्बिनी
एनपिल : ब्याटिङ नचल्दा काठमाडौंसँग हार्यो लुम्बिनी
लुम्बिनीले टस जित्यो, काठमाडौँले पहिले ब्याटिङ गर्ने
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य