काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व अयोग्य लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्।
नेता कोइरालाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन्। अयोग्य पूर्वलडाकुलाई पैसा नभइ रोजगारी दिनुपर्ने उनको भनाइ छ।
सरकारी कर्मचारी र पूर्वशिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थामा यसरी रकम बाँडिनुमा नेता कोइरालाले आपत्ति जनाएका हुन्।
उनले माओवादी नेतृत्वको सरकारको विरोध गर्न पनि सबैलाई अनुराेध गरेका छन्।
नेता काेइरालाले फेसबुकमा लेखेका छन्, ‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन। माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौँ, रोकौँ र भविष्यका लागि सचेत बनौँ। उनीहरूलाई पैसा होइन, रोजगारी दिऔँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी