काठमाडौ । संघीय सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रदेश सरकारमा पनि नेतृत्वविहीन बन्दै गएको छ । केन्द्रीय सत्तामा गठबन्धन फेरबदल भएपछि पार्टीले नेतृत्व गरेका चार प्रदेश सरकारमध्ये तीनवटा प्रदेश सरकार ढलेसँगै प्रदेशको नेतृत्बाट समेत एमाले च्युत भएको हो ।
मंसिर ४ को निर्वाचनपछि बनेको एमाले–माओवादीसहितको सात दलीय सत्ता गठबन्धनबाट शक्ति बाँडफाँट गर्दा एमालेका भागमा परेको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाउन नसकेपछि ती प्रदेशमा एमाले सरकार ढलिसकेका छन् ।
अहिलेसम्म एमाले नेतृत्वको सरकार केवल कोसी प्रदेशमा मात्रै बाँकी छ । कोसी प्रदेशसभामा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका आठ दलीय सत्ता गठबन्धन र वर्तमान प्रदेश सरकार गठबन्धनको बराबरी संख्या भएकाले एमाले सरकार कायमै छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ बैशाख २०८०, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह