ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १३ बैशाख २०८०, ०९ : ०२
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ । विराटनगरमा मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बुधबार बिहान विराटनगरको कन्चनबारी चौक नजिक करिब ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।

विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजे ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरिक्षक सुनिल श्रेष्ठले जानकारी दिए।

सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिदाँ पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन। ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको शव सडकमै क्षतविक्षत अवस्थामा रहेको छ।

प्रहरीले हाल मोरङको रंगेली नगरपालिका घर भएका ट्रक चालक सुनिल सरदार र ट्रक नियन्त्रणमा लिएको छ।