काठमाडौं। भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका– १ तुसेकी २१ वर्षीया अनिता मल्ल छन्।
खोजीका क्रममा स्याउला संकलन गर्न गएको जंगलमा भिरबाट लडेको अवस्थामा भेटिएको अनिताका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए।
जंगलमा पुग्दा संकलन गरिएका केही स्याउला, स्याउला ल्याउने जाल र जमिनमा चिप्लिएको जस्तो संकेत देखिएपछि सोही आधारमा खोजतलास गर्दा अनिता एउटा खोल्सीमा मृत फेला परेकी प्रेमबहादुरले जानकारी दिए।
स्थानीय बासिन्दा र प्रहरी समेतको सहयोगमा अनिताको शव घर ल्याएर परीक्षणका लागि डडेलधुरा अस्पताल पठाइएको छ। मृतकका श्रीमान् एम्बुलेन्स चालक रहेको र घटनाको दिन उनी बुडरमा रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु
बाटोमा चिप्लिएर काभ्रेमा २ जनाको मृत्यु
बेइजिङमा भीषण वर्षा र बाढी : ३० जनाको मृत्यु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु
चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु