काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन् । गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वामा बारा–२ वाट विजयी जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिएका हुन् ।
‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालबाट बधाई दिँदै भने, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’ बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले विजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न सक्दिनँ : सिके राउत
कोप–२८ मा भाग लिन सिके राउत दुबई प्रस्थान
मूल ठेकेदारको लापरबाहीले आयोजनाहरूको काममा ढिलाइ : सिके राउत
विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ : सिके राउत
किसानले भोग्दै आएको समस्या समाधान हुनुपर्छ : डा.सिके राउत
प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता, सरकारमा जान जनमत सकारात्मक