पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १३ : २६
पुरानो बसपार्कस्थित प्रहरी बिटमा महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । मंगलवार महानगरपालिकाले काठमाडौँको भ्यु टावर नजिक रहेको पुरानो बसपार्कस्थित  सडक पेटीको प्रहरी बिट हटाएको हो । महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस